काठमाडौं– एकजना व्यक्तिको घरमा बिजुलीको बिल कति आउला ? केही हजारभन्दा बढी हामी यसबारे खासै सोच्दैनौँ । अलिक ठूलै घर रहेछ भने पनि बिजुलीको बिल लाखसम्म होला भन्ने हाम्रो सोचाइ हुन्छ ।
तर, बलिउडका केही अभिनेता तथा अभिनेत्रीहरु महिनैपिच्छे लाखौँ रुपैयाँ बिजुलीको बिल तिर्छन् । दीपिका पादुकोण देखि लिएर सलमान खान, अमिताभ बच्चान, शाहरुख खानले आआफ्ना घर यति सजाएका छन् कि उनीहरु म्हिनामा लाखौं रुपैयाँ बिजुलीमा मात्र खर्च गर्छन् ।
शाहरुख खानका मुम्बई दुबई तथा लन्डनमा ३ आलिशान घर छन् । एउटा बंगलाको नाम मन्नत हो, जहाँ शाहरुख बस्छन् । भारतीय मिडियाका अनुसार मन्नतको मात्र बिजुलीको बिल ४३ लाख भारतीय रुपैयाँ आउँछ ।
अर्का अभिनेता सलमान खान आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा परिवारका साथ बस्छन् । उनको घरको बिजुलीको बिल प्रति महिना २३ लाख भारतीय रुपैयाँ आउँछ । सलमानका भारत, वान्टेड २ र दबंग ३ रिलिजको तयारीमा छन् ।
अभिनेत्री दीपिका पादुकोणको घरको बिजुलीको बिल पनि १३ लाख भारतीय रुपैयाँ हो । अभिनेता सैफ अलि खानले प्रति महिना ३० लाख भारतीय रुपैयाँ तिर्दै आएका छन् । अमिताभ बच्चनको घरको बिजुलीको बिल पनि २२ लाखभन्दा धेरै आउँछ । आमिरले पनि प्रत्येक महिना २२ लाख भारतीय रुपैयाँ बिजुलीका लागि तिर्छन् । अभिनेत्री क्याट्रिना कैफले पनि प्रत्येक महिना १० लाख भारतीय रुपैयाँ बिजुलीका लागि तिर्छिन् । क्याट्रिनाले पछिल्लो पटक सलमान खानसँग भारत भन्ने फिल्ममा अभिनय गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।