बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर

बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ । उनलाई स्तन क्यान्सर भएको भन्दै अभिनेता अनुपम खेरले एक भिडियो सार्वजनिक गरेका छन् । 

बलिउडमा राम्रो नाम बनाइसकेकी महिमालाई निकै ट्यालेन्टेड अभिनेत्रीका रुपमा लिने गरिएको छ । 

फिल्म परदेशीमा उनले गरेको अभिनयको अहिले पनि चर्चा हुने गरेको छ । 

अनुपम खेरले सेयर गरेको भिडियोमा महिमाले आफूलाई केही पहिले नै स्तन क्यान्सर भएको थाहा पाएको बताएकी छिन् । उनले चिकित्सकले उनको स्तनबाट क्यान्सरका कोष हटाएको पनि बताएकी छिन् ।

अहिले आफू ठिक भएको पनि उनले बताएकी छिन् । अनुपम खेरले चाहिँ उनलाई कुनै विग नलगाइ आफ्नो फिल्ममा काम गर्न अनुरोध गरेको बताएका छन् ।

यसअघि महिमाको २०१३ मा विवाह सम्बन्ध टुटेको थियो । त्यसअघि उनी एक गम्भीर कार दुर्घटनामा परेकी थिइन् । त्यति बेला उनको अनुहारबाट मात्रै ६७ वटा सिसाका टुक्रा निकालिएको थियो ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १५:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया