जिसस दैलेखमा कांग्रेसका बागीले बाजी मारे

जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा नमराज शाही विजयी भएका छन् । शाहीले १३ मत ल्याएर विजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले जम्मा नौ मत ल्याएकी थिइन् । विजयी शाही नेपाली कांग्रेसका बागी उम्मेद्वार हुन् ।

यस्तै, उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मत ल्याएर विजयी भएका छन् ।

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जानकारी दिए ।
 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १५:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया