बलिउडमा अभिनेता सलमान खानको नामसँग जोडिने विवाद कहिले रोकिएला र ? यो रोकिने कुनै छाँटकाँट नै देखिँदैन ।
अभिनेता सलमान खान र विवाद त अब एकअर्काका पर्याय बनेका छन् । पछिल्लो समय फेरि एउटा यस्तै विवाद आएको छ जसमा सलमान खान जोडिएका छन् ।
केही दिनअघि सम्म मात्र उनलाई ज्यान मार्ने धम्की आएको भन्दै विवाद भएको थियो । अब यहीबीच सामाजिक सन्जालमा सलमान खानको नयाँ भिडियो चर्चामा आएको छ ।
चर्चामा आएको नयाँ भिडियोमा सलमान खान विमानस्थलमा देखिएका छन् । त्यहाँ उनका प्रशंसकले उनीसँग फोटो खिच्न खोजेका हुन्छन्, केहीले उनलाई उपहार पनि दिएका हुन्छन् । यहीबीच सलमान निकै हतारमा देखिन्छन् ।
उनको हाउभाउको विषयमा अहिले ट्रोल भएको हो । उनले प्रशंसकसँग बेवास्ता गरेको कारणले उनको विषयमा आलोचना बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।