१० महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

संघीय सरकारले आर्थिक वर्ष ०७८–७९ को वैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ०७८ साउनदेखि ०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो । 

यस अवधिमा चालूतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गततर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । 

चालू आर्थिक वर्षको पहिलो १० महिनामा संघीय सरकारको कुल राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । 

यसमध्ये कर राजस्वतर्फ ७ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६६ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको छ । 

सोही अवधिमा संघीय सरकारले ट्रेजरी बिलमार्फत ७५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ परिचालन गरी जम्मा १ खर्ब ३० अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १६:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया