धर्मेन्द्र सेवानको ‘एैयो रैयो सैयो’ सार्वजनिक (भिडियो)

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ ।

गीतमा गायक धर्मेन्द्र स्वयमले स्वर दिएका छन् । उक्त सार्वजनिक रमाइलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा सहयोगको नाममा दृष्टीविहीनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, शुभम भुजेल, पबन बस्नेत काजीलगायतको पनि अभिनय रहेको छ।

शुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाइलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायांकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

बिहीबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई श्रोता–दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यस गीतले श्रोता–दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १९:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया