हेटौंडामा सहारा ग्यासका ६ सयभन्दा बढी सिलिन्डर नष्ट

सहारा ग्यास इण्डष्ट्रिज प्रालिले गुणस्तरमा कमी आएका ६ सय ३७ थान सिलिन्डर नष्ट गरेको छ । शुक्रबार हेटौंडा ३ मा रहेको उद्योगको परिसरमा  ‘गुणस्तरहीन तथा पुराना सिलिन्डर नष्ट गर्ने कार्यक्रम’ आयोजना गर्दै उद्योगले उक्त सिलिन्डर नष्ट गरेको हो ।

उपभोक्ताले प्रयोग गरेर गुणस्तर खस्किएका त्यस्ता सिलिन्डर सुरक्षित ढंगबाट नष्ट गरिएको उद्योगले जनाएको छ । उद्योगका प्रबन्धक खडगबहादुर थापाका अनुसार प्रयोगमा रहेको सिलिन्डरहरुमा लिकेज, प्वाल परेको, नेकरिङ, बिग्रेको र म्याद नाग्न लागिएको अवस्था भेटिएको आधारमा ती सिलिन्डर नष्ट गरिएको हो । 

विगतमा पनि त्यस्ता सिलिण्डरहरू नष्ट गरिँदै आइएको र उपभोक्ताको सुरक्षाका लागि आगामी दिनमा पनि सिलिन्डर परीक्षणलाई निरन्तरता दिँदै आएको प्रबन्धक थापाले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ का वडा अध्यक्ष ढलकबहादुर थापा, नेपाल ग्यास व्यवसायी महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष विनोदमान श्रेष्ठ, मकवानपुर ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोविन्द जोशी, सचिव केशव मुडभरी, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग संघ, नेपाल आयल निगम र नाप तौल विभागका प्रतिनिधिलगायत सञ्चारकर्मीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २०:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया