र्‍यापर जी बब र आमाबाबुबीच तनाव, दुवैले दिए प्रहरीमा एकअर्काविरुद्ध उजुरी

जी बब भनेर चिनिने चर्चित र्‍यापर सुदीप भण्डारी र उनका आमाबाबुबीच तनाव बढेपछि प्रहरीमा उजुरी परेको छ । दुवै पक्षले एकअर्कालाई उजुरी दिएका हुन् । 

जी बबले आमाबाबुले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धन बनाएको उजुरी दिएका हुन् । उनका आमाबाबुले पनि यसको विरुद्धमा उजुरी दिएका छन् ।

दुवै पक्षबाट उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसरलाई छानबिन गर्न निर्देशन दिएको छ । प्रहरीले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 

यो छलफल शुक्रबार सुरु भएको थियो । तर, शुक्रबार कुरा नमिलेपछि सोमबार फेरि दुवै पक्षलाई बोलाएको छ । 

बाबुआमाले पहिले आफूलाई नहेरेको र अहिले अनावश्यक हस्तक्षेप गरेको जी बबले आरोप लगाएका छन् । जी बबका आमाबाबुले भने आफूहरुले छोरा भएकाले सुधारका लागि प्रयास गरेको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ०:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया