कर्णालीका मुख्यमन्त्री शाहीलाई ऋण तिर्दा नै कार्यकाल सकिने चिन्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको बताएका छन् । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताए । जथाभाबी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे-हम्मे भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । 

अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभाबी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’  नीति तथा कार्यक्रममा भएका कुराहरू नै अबको बजेटको मूल उद्देश्य हुने उनले बताए । अब  जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए । 





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ७:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया