रुसी नियन्त्रणमा रहेको मारिओपोलमा हैजाको जोखिम

युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ  भने पानी ढलमा मिसिएको छ ।

हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ । यो खराब सरसफाइसँग जोडिएको हुन्छ । जम्मा नगरिएका शव र फोहोरले वातावरण नै प्रदूषित बनेको छ । मारिओपोलमा पहिले नै महामारी फैलिएको थियो । 

हैजा, पखाला र अन्य संक्रामक रोगहरू पहिले नै शहरमा देखिएको र प्रकोपबाट बच्न शहर बन्द गरिएको सो सहरका मेयरले बताएका छन् । रुसी सेनाले नियुक्त गरेका ती मेयरले नियमित परीक्षण गरिएको र हैजाको कुनै केस रेकर्ड नभएको बताए ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट जानकारीमा सीमित पहुँच रहेको तर युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा परीक्षण गरेको र कुनै पनि केस फेला नपरेको बताएको जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १०:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया