आर्यन भन्छन् – मेरो इज्जतलाई बर्बाद गरियो

२ अक्टोबर, २०२१ को दिन थियो, जतिबेला बलिउड अभिनेता साहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँसुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ उनले आर्यनसहित ६ अन्य व्यक्तिलाई पक्राउ गरेका थिए ।

यो मुद्धाको सुरुवातदेखि नै आर्यनसँग लागुऔषध नभएको दाबी गरिँदै आएको थियो । तर, पनि उनले अक्टोबरमा २० दिनसम्म जेलको हावा खानु पर्‍याे । यद्यपि, उनीसँग कुनै लागुऔषध नभेटिएको भन्दै २८ मे २०२२ मा उनलाई क्लिन चिट दिइयो । यो विषयमा शाहरुख र उनको परिवारका कोही पनि सदस्यले केही बताएका छैनन् । तर, एनसीबीका कार्यकारी निर्देशक जनरल सञ्जय सिंहले यो विषयलाई लिएर आर्यनसँग जोडिएको एक कुराको खुलासा गरेका छन् ।

सञ्जयका अनुसार जब लागुऔषध मामलामा आर्यनसँग उनी बयान लिन गएका थिए, त्यो बेला आर्यनले ‘के म यसको लायक थिएँ ?’ भनी प्रश्न गरेका थिए । ‘सर तपाईंले मलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बनाउनुभयो । म लागूऔषधमा पैसा लगाउँछु । के यो कुरा बेतुकको लाग्दैन ? मसँग कुनै लागुऔषध थिएन, तर पनि मलाई पक्राउ गरियो । तपाईंले ममाथि धेरै गलत काम गर्नुभयो र मेरो इज्जतलाई बर्बाद गर्नुभयो । मलाई यति लामो हप्ता किन जेलमा बिताउनुपर्यो । के म वास्तवमै लायक थिए ?’, आर्यनले आफूलाई भनेको सञ्जयले स्मरण गरेका छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १२:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया