यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा (फोटोफिचर)

माइतीघरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा निस्किएको छ । क्वयेर युवा समूहले प्रत्येक वर्ष जुन महिनाको दोस्रो शनिबार नेपाल गौरव यात्रा (र्‍याली) निकाल्ने गरेका हुन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लगायतको सवालमा उनीहरूको अधिकारको उठान गर्दै एउटा उत्सवका रूपमा २०७६ सालदेखि क्वयेर युवा समूहले नेपालमा गौरव यात्रा मनाउन थालेको क्वयेर राइट्स् कलेक्टिभका सदस्य राजीव पोखरेलले जानकारी दिए । 

आजको र्‍याली माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो । सहभागीहरूले प्लेकार्डका साथै गालामा विभिन्न आर्ट गरी ६ रङ्गको झन्डा, ब्यानरसहित नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको हक अधिकारका निम्ति प्रदर्शन गरेका हुन् । ​​​





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १३:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया