गोदावरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको गोदावरी–८ का ललित चौधरीले चलाएको से१त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते चौधरीलाई सुरुमा धनगढीस्थित माया मेट्रो अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुवै सवारीसाधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १९:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया