नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो अस्तित्व रक्षाका लागि भए पनि कुनै न कुनै शक्तिसँग टाँसिनु पर्ने बाध्यता भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेससँग गठबन्धन गरेकाले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको सिट संख्या बढी आए पनि जनमतमा ठूलो क्षति माअोवादी केन्द्रले भोगेको उनले बताएका हुन् ।
एमाले ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्रले २०७४ को स्थानीय तह निर्वाचनमा १७ प्रतिशत जनमत पाएको भए पनि यसपटक घटेर यो १३ प्रतिशतमा पुगेको बताएका छन् ।
उनले माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्तिका रुपमा नरहेको पनि टिप्पणी गरेका छन् ।
‘एउटा राजनीतिक शक्तिको भविष्यका लागि भन्ने हो भने, नेकपा माओवादी केन्द्र नेपालको वामपन्थी आन्दोलनका रूपमा रहेन,’ उनले कार्यक्रममा भने,‘त्यो अलग शक्तिका रूपमा वामपन्थी आन्दोलनमा भूमिका खेल्न सक्दैन भन्ने यो स्थानीय तहको निर्वाचनको परिणामले प्रमाणित गर्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।