प्रचण्डले भने– अर्को लडाइँ लड्नु पर्ने हुनसक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को लडाइँका लागि तयारी गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन् । यतिमात्र होइन, उनले कार्यकर्तालाई यसको तयारी गरेर बस्न निर्देशनसमेत दिएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय विस्तारित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अहिले भइरहेको पुँजीवादी निर्वाचन प्रणाली बदल्न, जनताको पक्षमा निर्वाचन प्रणाली बनाउन र जनताले फैसला गर्ने प्रकारको शासकीय स्वरुप ल्याउन फेरि लडाइँ लड्नु पर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

उनले अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएकाले र यसलाई परिवर्तन गर्न अन्य दलले पनि भनेकाले यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताएका हुन् ।

‘लडाइँका लागि तयार भएर बस्नुस्, लडाइँ हामी जित्छौँ र माओवादी अर्को हाइटमा पुग्छ,’ उनले भने । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ५:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया