एमालेलाई साइजमा ल्याइयो, अब कांग्रेसलाई ल्याइन्छः प्रचण्ड
फाइल तस्वीर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई आफूहरुले साइजमा ल्याएको भन्दै अबको निर्वाचनपछि कांग्रेसलाई पनि साइजमा राख्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय विस्तारित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा मिलेर अब कांग्रेसलाई साइजमा राख्ने बताएका हुन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले अब हुने संघीय तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई साइजमा राख्ने उनले बताएका हुन् । यसका लागि यी चार पार्टीले छलफल गरेको पनि उनले दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको जितले कांग्रेसमा अहंकार बढ्ने खतरा रहेकाले उसलाई साइजमा राख्ने गरी गठबन्धनमा रहेका अन्य चार दलका बीचमा छलफल भइरहेको उनले दाबी गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए । उनले भने, ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, उद्देश्यअनुरूप सफल भएन । तर, केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ ।’ 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ५:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया