बाराको महागढीमाई नगरपालिका-८ हुलाकी राजमार्ग सडक खण्ड स्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन् ।
आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो । जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।