जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल विजयी भएका छन् । कूल १३ पालिका २६ मतदाता रहेकोमा २५ जनाले मतदान गरेका थिए । कलेलले १३ मत पाएका हुन । प्रमुखका अर्का उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत मात्र पाए ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको एउटा गठबन्धन र नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको अर्को गठबन्धन भएको थियो ।
निर्णायक मानिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गठबन्धनका पक्षमा मतदान गरेका हुन् । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीभक्त उपाध्यायले भने भ्रष्टाचार लागेका कारण मतदान गर्न पाएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।