यही वर्षबाट किसानलाई पेन्सन दिन्छौँ : मन्त्री यादव

सरकारले यही वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले यही वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् । 

मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने बताए ।

किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।  
 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १३:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया