जिसस मोरङ : कांग्रेसभित्र अन्तरघात, एमालेको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । 

दुवैजनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलमकुमारी सरदारले १३ मत ल्याएका छन् ।

एमालेको जम्मा २१ मत थियो । त्यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । 

यस्तै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले र देवमणि कटुवाल निर्वाचित भए । जिल्ला समन्वय समिति मोरङको मंगलबार भएको निर्वाचनमा गठबन्धनका मेयर उपमेयरले नै क्रस मतदान गरेका छन् ।

नेकपा एमालेको २१ मत र गठबन्धनको १३ मत भएको मोरङमा सदस्यहरुको मत तलमाथि भएपछि मत क्रस भएको हो । एमालेका उम्मेदवारले २१ र गठबन्धनका उम्मेदवारले १३ मत ल्याउनुपर्नेमा एमालेबाट विजयी बनेका तीनजना सदस्यले आफ्नो मतभन्दा बढी ल्याए । 

निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी दलित महिला सदस्य उमा नेपालीले २३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी गठबन्धनकी गीता विश्वकर्माले ११ मत मात्र ल्याएकी छिन् । यहाँ गठबन्धनका दुईजनाले मत क्रस गरेका छन् । त्यस्तै, सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे र मित्रप्रसाद ढकालले २२/२२ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १८:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया