नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको छैन : अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी राजदूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको बताएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत दूतावासले यसबारे प्रस्ट पारेको हो । 

अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नभन्ने, तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने दूतावासले जनाएको छ । 
 
‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अमेरिकी राज्यको नेसनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासले भनेको छ, ‘अमेरिकी नेसनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलोजस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपिपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको र तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा नरहेको दूतावासले जनाएको छ । 

‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपंक्तिका उद्धाररकर्ताका रूपमा रहेका नेसनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपिपी प्रभावकारी माध्यम हो।’





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २०:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया