कैदी आत्महत्या कर्मचारीको लापरबाहीका कारण : प्रतिवेदन

रोल्पाको कारागारभित्र एक कैदीले आत्महत्या गर्नुमा कारागार प्रशासनकै कर्मचारीको लापरबाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई सोबारेको प्रतिवेदन बुझाएको छ । 

रोल्पा कारागारमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए । सोबारे छानबिनका लागि गृह मन्त्रालयका सहसचिव सूर्य सेढाईंको नेतृत्वमा १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो। समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थए। 

समितिले स्थलगत रूपमा छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्री खाँणलाई बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले घटनामा दोषी औँल्याएकालाई कारबाहीको प्रक्रिया सुरु गरिने बताए । प्रतिवेदनमा समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए। 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २१:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया