घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने आयोगको सिफारिस अनुमोदन

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिस अनुमोदन भएको छ । यसअघि जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो । 

मंगलबार बसेको आयोगको केन्द्रीय कमिटी बैठकले सो सिफारिस अनुमोदन गरेको हो । सोमबार बसेको एमाले सचिवालय बैठकमा यस विषयमा छलफल नभए पनि मंगलबारको बैठकले सो निर्णय गरेको हो । 

भुसालले एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा पार्टी अध्यक्ष केपी ओलीका कारण स्थानीय निर्वाच्नमा पार्टी पराजित भएको आरोप लगाएका थिए । सार्वजनिक रुपमा पार्टी अध्यक्षको आलोचना गरेको भन्दै आयोगले स्पष्टीकरणका लागि सिफारिस गरेको हो । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २२:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया