आज पनि संसद् बैठक, बजेटमाथि ११ मन्त्रीले जवाफ दिने कार्यसूची

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएको प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङ्फे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुलीकुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढकाल, वसन्तकुमार नेम्वाङ, पद्यमा अर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बाँस्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज सिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।  





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ७:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया