काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनीनजिकै कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए ।
कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।