राप्रपा प्रवेशबारे रवीन्द्र मिश्र भन्छन्– यो कुरा झुट हो, सशक्त शक्ति निर्माण हुने ध्रुवीकरणमा भने चासो छ

विवेकशील साझा पार्टीका नेता तथा पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राप्रपा प्रवेश गर्ने कुनै तयारी नरहेको बताएका छन् । केही सञ्चारमाध्यमले ‘रवीन्द्र प्रवेश राप्रपा प्रवेश गर्ने तयारीमा’ भनेर समाचार प्रकाशन गरेपछि मिश्रले यस विषयमा आफ्नो प्रतिक्रिया जनाएका हुन् । 

उनले बुधबार आफूविरुद्ध सञ्चारमाध्यममा आएका समाचार झुट भएको बताए । यद्यपि मिश्रले सशक्त शक्ति निर्माण हुने किसिमको सम्मीलन/एकीकरण/ध्रुवीकरणमा भने आफ्नो चासो रहेको उल्लेख गरेका छन् । 

‘जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ–राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ । नेपालमा अहिले त्यस्तो पार्टी छैन,’ मिश्रले फेसबुकमा लेखेका छन्, ‘म एक्लै कतै जोडिएर त्यो सम्भव छैन । तर, सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मीलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ ।’

उनले देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जरभेटिभ’ पार्टीको सख्त अभाव रहको पनि उल्लेख गरेका छन् । मिश्रले अनुमान र एक पक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगर्न पनि आग्रह गरेका छन् ।  





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ११:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया