६ वर्षपछि सांगीतिक कन्सर्ट गर्दै आनी छोइङ डोल्मा

गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले ६ वर्षपछि सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही २५ जुनमा साढे ४ बजे जावलाखेलमा रहेको सेन्ट मेरी माविमा आयोजना गरिन लागेको हो ।

बुधबार लाजिम्पाटस्थित माइक्स रेष्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले कन्सर्टमा मनोज सिंह, सञ्जय श्रेष्ठ (१९७४ एडी), गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्तीलगायत पनि कन्सर्टको टिममा छन् ।

अहिले महामारी र द्वन्द्वको प्रभावका कारण मानिसलाई आन्तरिक उपचार चाहिएकाले सकारात्मक सन्देश प्रवाहका लागि सांगीतिक कन्सर्ट गर्न लागिएको गायिका डोल्माले बताइन् । 

‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ । यस विशेष कार्यक्रममार्फत हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ,’ उनले भनिन् । 

कन्सर्टको लागि अनलाइन टिकट इसेवाबाट काट्न सकिने फाउन्डसेनले जनाएको छ । कन्सर्टको आम्दानी आनीको फाउन्डेसनबाट आगलागी पीडितहरूलाई सहयोग गरिने बताइएको छ ।
 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १२:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया