यी हुन् कतार विश्वकप खेल्ने ३२ देश, कुन समूहमा को ?

आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकपमा स्थान सुरक्षित गर्ने ३२ वटै राष्ट्रको टुंगो लागेको छ । गएराति सम्पन्न अन्तर महादेशीय प्लेअफमा कोस्टारिका न्युजिल्याण्डलाई १–० ले पराजित गर्दै कतार विश्वकपको टिकट काट्ने अन्तिम राष्ट्र बन्यो । 

आयोजक कतारबाहेक अन्य टोलीले छनोट चरण पार गरेर विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । यस विश्वकपमा युरोपबाट सर्वाधिक १३, एसियाबाट ६, अफ्रिकाबाट पाँच तथा दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट चार/चार राष्ट्रले सहभागिता जनाउँदैछन् ।   

विश्वकप इतिहासमा एसियाबाट पहिलोपटक ६ देशले सहभागिता जनाउन लागेका हुन् । विश्वकपमा युरोपबाट, फ्रान्स, जर्मनी, पोर्चुगल, इंग्ल्याण्ड, डेनमार्क, स्पेन, बेल्जियम, वेल्स, पोल्याण्ड, सर्बिया, क्रोएसिया, स्विट्जरल्याण्ड नेदल्याण्ड्सले स्थान बनाएका छन् । 

एसियाबाट आयोजक कतारसहित जापान, दक्षिण कोरिया, इरान, साउदी अरेबिया र अस्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षित गरे । अफ्रिकाबाट सेनेगल, ट्युनिसिया, घाना, मोरक्को र क्यामरुन तथा दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडरले विश्वकप खेल्नेछन् । क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिकाले उत्तर अमेरिकाको प्रतिनिधित्व गर्नेछन् । 

कतारले विश्वकपमा डेब्यु गर्दा वेल्स १९५९ र क्यानडा सन् १९८६ पछि पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । सन् २०१८ को विश्वकप खेलेका रुस, स्विडेन, पेरु, पानामा, कोलम्बिया, इजिप्ट, आइसल्याण्ड र नाइजेरियाले यसपटक स्थान बनाउन नसक्दा अघिल्लोपटक नखेलेका नेदरल्याण्ड्स, अमेरिका, क्यानडा, वेल्स, क्यामरुन, घाना र कतार यसपटकको विश्वकपमा देखिने छन् । 

रुसले फिफाको प्रतिबन्धका कारण विश्वकप खेल्न नपाउँदा अन्य देशले छनोट चरण पार गर्न सकेनन् । विश्वकपको उद्घाटन खेलमा नेदरल्याण्ड्स सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता कतारका पाँच सहरका आठ मैदानमा खेलाइनेछ । 



यी हुन् विश्वकप खेलाइने सहर र मैदान 

दोहा : खालिफा अन्तर्राष्टिय रंगशाला (नेसनल स्टेडियम), अल थुमामा रंगशाला, स्टेडियम ९७४ (रस अबु अबुद) रंगशाला, अल रायन : अहमद बिन अली रंगशाला (अल रायन), एजुकेसन सिटी रंगशाला ।



अल खोर : अल बायट रंगशाला, अल वक्रह : अल जानुब (अल वक्रह) रंगशाला, लुसाइल : लुसाइल आइकोनिक रंगशाला ।   

यस्तो छ कतार विश्वकपको समूह विभाजन

 समूह ‘ए’ : कतार (आयोजक), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

समूह ‘बी’ : इंग्ल्याण्ड, अमेरिका, इरान, वेल्स

समूह ‘सी’ : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड 

समूह ‘डी’ : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया 

समूह ‘इ’ : जर्मनी, स्पेन, जापान, कोस्टारिका

समूह ‘एफ’ : बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

समूह ‘जी’ : ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड, क्यामरुन

समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १२:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया