प्रदेश-१ सरकारले ल्यायो आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्बको बजेट [पूर्णपाठ]

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्बभन्दा बढीको बजेट ल्याएको छ । बुधबार सरकारले प्रदेशसभा बैठकमा ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
 
बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिता तथा योजनामन्त्री इन्द्र आङ्बोले सरकारका तर्फबाट बजेट प्रस्तुत गरे । 

उनले प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजश्व तथा वित्तिय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरीने बताए । 

मन्त्री आङ्बोका अनुसार बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ३ अर्ब ५१ करोड ५५ लाख, तथा वैदेशिक अनुदानबाट २८ करोड ६८ लाख रुपैयाँ ब्यहोरिनेछ ।

के–के छ प्रदेश-१ को बजेटमा? हेर्नुस् पूर्णपाठ





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया