नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बाेलाउने निर्णय गरेकाे छ ।
पार्टीकाे कार्यालयमा बुधबार बसेकाे केन्द्रीय सचिवालय बैठकले पार्टीबाट अहिले भएका मन्त्रीहरुलाई फिर्ता बाेलाउने निर्णय गरेकाे हाे । तर, याे पार्टीबाट नयाँ मन्त्रीहरुले कहिले सपथ लिने भन्ने टुंगिएकाे छैन ।
यसअघि पनि नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फिर्ता बाेलाउने बताएकाे थियाे । तर अहिलेसम्म मन्त्रीहरु फेरिन सकेका थिएनन् ।
याे बैठकले सरकारमा गठबन्धनलाई निरन्तरता दिने पनि निर्णय गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।