जिसस मनाङमा कांग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीबार मनोनयन दर्ता गरिने भएको हो ।

उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जसअनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । 

प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ । प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २०:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया