निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गराउन राप्रपा बाराको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति बाराले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, बारा मार्फत प्रधानमन्त्रीलाई यथाशीघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य गर्न माग गरिएको हो । 

यस्तै, राप्रपा बाराद्वारा किसान मल तथा बिउ नपाएर चिन्तित भएको हुँदा समयमै कृषकका लागि मल र बीउको व्यवस्थापन गर्नुपर्ने माग विज्ञप्तिमार्फत गरिएको छ । 

यसैगरी, महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावरकारी संरचना र नीति कायम गर्न पनि आग्रह गरिएको छ । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको शृंखलाबद्ध मूल्य वृद्धि अविलम्ब रोक्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुका साथै ०४७ साल यताका उच्चपदस्थ व्यक्तिहरुको सम्पति छानबिन गर्न पनि आग्रह गरिएको छ । 

राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषद्बाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचारसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २०:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया