पर्यटकलाई लक्षित गरी जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’को शुभारम्भ

जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’ को शुभारम्भ गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका लागि युकेएड र सुदृढ परियोजनाद्वारा निर्माण गरिएको मोबाइल एप बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख मनोजकुमार साहले शुभारम्भ गरेका हुन् ।
 
नगर प्रमुख साहले एपको माध्यमबाट जनकपुरधामका पर्यटकीय स्थलको बारेमा विश्वले थाहा पाउनुको साथै यहाँ आउने पर्यटकलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहज हुने बताए । उनले जनकपुरधाममा वर्षभरि मनाइने सांस्कृतिक कार्यक्रमबारे सो एपमा उल्लेख गर्न सुझाबसमेत दिएका छन् । एपमा अंग्रेजी, नेपाली, मैथिली र हिन्दी भाषा समावेश गरिएको छ ।
 
सो एपको माध्यमबाट जनकपुरधामका करिब एक सय पर्यटकीय स्थलको भ्रमण सहजै गर्न सकिने आइटी अफिसर अनिलकुमार अनतले बताए । यो एप तत्काल एन्ड्रोएड मोबाइलमा मात्र चल्ने जनाइए पनि केही दिनमै सबै प्रकारको मोबाइलमा चल्ने बताइएको छ ।
 
जनकपुरधाम उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा गएर स्क्यान गरी मोबाइलको प्ले स्टोरबाट यो एप राख्न सकिनेछ । सो एपमा जनकपुरधामका मुख्यमुख्य पर्यटकीय स्थललाई सहजै मोबाइलमा हेर्न सकिनेछ ।
 
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्याय, बेलायती दूतावासकी सल्लाहकार सविता थापालगायत एपसँग सम्बन्धित संस्थाका पदाधिकारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २१:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया