श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ
फरकधार / २ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कसैलाई छुट नहुने बताएका छन् ।



 बुधबारबाट भैरहवामा सञ्चालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रूपन्देही पुगेका मन्त्री श्रेष्ठले भने, ‘म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु । सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारबाही हुन्छ ।’



‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरूले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतावनी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरूलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ । विदेश पठाउने भन्दै ठगहरूले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरूलाई ठग्न दिइने छैन ।’ 



उनले ठगहरूविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरूलाई स्वदेशमा ल्याउन लागेको जनाए ।   







  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ७:२८:१२,   अन्तिम अपडेट : असार २, २०७९ बिहीबार ७:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया