आफ्ना नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले

नेकपा एमालेले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका आफ्ना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।

एमालेले आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । 

सोमबार बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । यसपालिको स्थानीय निर्वाचनमा एमालेले ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको छ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन हुन बाँकी छ । 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ८:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया