नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी शर्मा ओली नेतृत्वको सरकारमा भएको बताएका छन् ।
बिहीबार पेरिसडाँडामा आयोजित दोलखाका शहीद रितबहादुर खड्काको २१ औं स्मृति सभामा उनले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको बताएका हुन् । ‘बरु यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ’, प्रचण्डले भने ।
उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको पनि बताए । प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेले सबैभन्दा बढी आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए ।
‘हिजो आज एसपिपी सैन्य गठबन्धन भइसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुटो हो, म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।