एसपिपीबारे अमेरिकी दूतावाससँग प्रस्टीकरण सोध्न जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रस्टीकरण सोध्नुपर्ने बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपिसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि प्रस्टीकरण सोध्नुपर्ने बताइन् । 

‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपिपी भइसकेको छ । अब केही गरिरहनुपर्दैन भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपिपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, योबीचमा देखिएको अस्पष्टतालाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’ 
 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १५:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया