प्रिमियर लिग नयाँ सिजनको खेल तालिका सार्वजनिक

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले २०२२–२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो ।

प्रिमियर लिगको नयाँ सिजन ५ अगस्टबाट सुरु हुनेछ । पहिलो खेलमा आर्सनले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

साविक विजेता म्याचेस्टर सिटीले ७ अगस्टमा वेस्ट ह्यामसँगको खेलबाट सिजनको सुरुवात गर्नेछ । साविक उपविजेता लिभरपुलले ६ अगस्टमा फुलहमसँग पहिलो खेल खेल्नेछ । 

म्याचेस्टर युनाइटेडले ब्राइटन, चेल्सीले एभर्टन तथा टोटेनहमले साउथह्यामटनसँगको खेलबाट सिजनको सुरुवात गर्नेछन् । 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १५:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया