सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतिसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेका छन् । 

उनीहरु विरुद्ध दायर गरिएको मुद्दामा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी गरिएको छ ।





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १६:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया