जिल्ला समन्वय समिति मकवानपुरमा गठबन्धनको प्यानल नै विजयी

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार घलान विजयी भएक हुन् । 

स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी भएका हुन् । जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका हुन्। जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाए । 

यस्तै, जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेल विजयी भएका छन्। उनको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया, र सुमित्रा थिङ  निर्वाचित भएका छन्। दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको र उनी पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्रकुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपाली  विजयी भएका छन् ।





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १६:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया