एसपिपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रमा के छ ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा संलग्न हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको यो पत्र २७ अक्टोबर २०१५ मा लेखिएको पाइएको छ । 

२०७२ साल कार्तित्र १० गते यो पत्र काटिएको समयमा नेपालमा प्रधानमन्त्री थिए, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । त्यति बेला रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए । ओली २०७२ साल असोज २५ गते भएको व्यवस्थापिका सांसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।

तत्कालीन नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई लेखिएको यो पत्रमा एसपिपीमा सहभागिताका लागि आग्रह गरिएको छ ।

यो पत्र सार्वजनिक भएसँगै नेपाली सेना पनि यो प्रकरणमा विवादमा तानिएको छ ।






  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार २०:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया