नेपालमा पनि मंकिपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । संक्रमितलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरेर राखिएको छ ।
अस्पतालमा उपचारका लागि पुगेका ती युवामा मंकिपक्ससँग सम्बन्धित लक्षण भएको भेटिएको हो ।
ती युवा दुबईबाट हालै नेपाल आएको बताइएको छ । लगातार सात दिनसम्म उनलाई ज्वरो आएको र शरीरमा रातो फोका देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् ।
त्रिभुवन विमास्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट आएका ती युवालाई मंकिपक्स भएको हुनसक्ने आशंका गरेर टेकु पठाएको थियो ।
२७ वर्षका यी युवालाई मंकिपक्स भएको निश्चित भइसकेको छैन । नेपालमा मंकिपक्स भाइरसको परीक्षण हुँदैन । त्यसैले यसबारे के गर्ने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।
मंकिपक्स नजिकका व्यक्तिहरुमा सर्ने भएकाले यसले विश्वमा अर्को महामारी निम्त्याउन सक्ने अनुमान गरिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।