अवकाश हुने भएमा पनि अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हट्नु नपर्ने

सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकसम्बन्धी नयाँ व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन)-०७९ मा नयाँ व्यवस्था कायम गरेको हो । 

जसअनुसार अब स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा पनि कार्यकारी निर्देशकमा बहाल रहने बाधा हुनेछैन । सरकारले गठन देश दफा ६ (३) मा क थपेर ‘कार्यकारी निर्देशक पदमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा समेत कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्नेछैन’ कायम गरेको हो ।

मानव अंग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने गरिन्छ । तर, स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा कार्यकारी निर्देशकबाट हट्ने व्यवस्था रहेकामा सरकारले नयाँ व्यवस्था कायम गरेको हो । कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ ।  





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ७:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया