संसारकै 'धनी’ बेजाेसको बाल्यकाल

उनको हजुरबुवा अल्बुकर्कमा सयुक्त राज्य परमाणु उर्जा आयोगमा उच्च पदमा काम गर्थे । उनले त्यो पद त्यागे र परिवारले चलाइरहेको पशु फर्ममा काम गर्न सुरु गरे । ग्रीष्मकालीन बिदाहरु त्यही हजुरबाबाको फर्ममा उनीसँगै काम गरेर विताउँथे जेफ बेजोस । पशु फर्ममा प्रयोग गरिएका विभिन्न यन्त्रहरु चलाउन उनले त्यहीँ सिके ।

उनको जन्म हुँदा उनकी आमा ज्याक्लिन गिस गोर्जन्सन एक किशोरी थिइन् । १९६४ को जनवरीमा, न्यु मेक्सिकोको अल्बुकर्कमा उनको जन्म भएको थियो । विवाह भएको एक वर्षभन्दा कम समयमा नै उनको आमा–बुवाको सम्बन्ध विच्छेद भयो । जब बेजोस पाँच वर्षका थिए, उनकी आमाले मिगुअल बेजोससँग देस्रो विवाह गरीन् । मिगुअल क्युवाबाट १५ वर्षको उमेरमा एक्लै अमेरिका आएका थिए ।

विवाहपछि उनीहरु टेक्सासको होस्टन बसाई सर्यो । त्यहाँ मिगुअल एक्सान नामक कम्पनीमा इन्जिनियरको काम गर्न थाले । बेजोसले होस्टनमा ५ कक्षा सम्मको अध्यायन गरे ।

उनले सानै उमेरदेखि नै विभिन्न विज्ञानका सामाग्री बनाउने तर्फ ध्यान दिन्थे । उनले परीवारको ग्यारेजलाई नै वैज्ञानिक प्रयोगशाला बनाएका थिए । उनको परीवार टेक्सासमा पनि धेरे लामो समय बसेन ।

उनको परिवार पछि फ्लोरिडा बसाईँ सर्यो । त्यहीँ उच्च शिक्षा अध्यायन गरे बेजेसले । उनले त्यही बेला फ्लोरिडा विश्वविद्यालयमा एक विज्ञान प्रशिक्षण कार्यक्रममा भाग लिने अवसर पाए । त्यसैको फलस्वरुप सन् १९८२ मा उनले सिल्वर नाईट पुरस्कार जित्न सफल भए ।

उनी प्रिन्सटन विश्वविद्यालयमा भैतिक विज्ञान पढ्नको लागि गए । तर, उनले छिट्टै उक्त विषय पढ्न छोडेर कम्प्युटर विज्ञानमा स्नातक गरे ।



सन् २००८ मा बेजोसलाई कार्नेगी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधको सम्मान पनि प्रप्त गरेका थिए ।

उनै बेजोस अहिले संसारका धनी व्यक्ति बनेका छन् ।



  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार २३:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया