परराष्ट्रमन्त्रीलाई भीम रावलको सुझाव- सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।

‘परराष्ट्र मन्त्रीले एसपिपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपिपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ।’

‘एसपिपी कार्यक्रममा ‘अमूक देश’सँग सशक्त रूपमा लड्नुपर्छ भनेर भनेको छ, यस्तो प्रस्ताव कहाँबाट आयो ? हामी स्थल सेना हौ ? अब त्यता नजाऊ भनेर हुन्छ ? जानुपर्ने हुन सक्छ,’ रावलले अझ अगाडि भने, ‘त्यसैले नेपालले त्यस्तो सहायता चाहिँदैन भनेर परराष्ट्र मन्त्रीले खै पत्र पठाएको ? पठाउनुपर्छ ।’

एसपिपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग गरेका छन् ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ११:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया