सन्धि, सम्झौता गर्दा दलहरूका बीचमा साझा धारणा बनाउनुपर्छ : सांसद अर्याल

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरू गर्दा राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताएकी छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरू गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरूको साझा धारणा बन्नुपर्ने बताएका हुन् । 

उनले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुसी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनै पनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको बताइन् । सांसद अर्यालले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको बताइन् ।

‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसिसीकै पार्ट हो भनेर पनि आइराखेको छ । यस सम्बन्धमा हामीले के सोच बनाउनुपर्‍यो भने हामी यदी जिम्मेवार राजनीतिक पार्टीहरू हौँ भने सोच बनाउनुपर्‍यो, कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धी गर्न जाने बेला भन्दा अगाडि नै कम्तिमा राष्ट्रिय स्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्‍यो र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्‍यो । राष्ट्रिय धारणा नबन्ने आफू सत्तामा हुँदा त्यही गल्ती दोहोर्‍याउने, प्रमाणहरू छ । अहिले वर्तमान सरकारलाई आरोप आइराखेको छ, उहाँहरूको विरुद्ध पनि थुप्रै प्रमाणहरू छ,’ सांसद अर्यालले भनिन् ।   

उनले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने पनि बताइन् । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया