हामीले एसपिपी अस्वीकार गरेका थियौँ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई अस्वीकार गरेको बताएका छन् । 

ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपिपी स्विकार्ने गरी अमेरिकी सरकारलाई लेखेको पत्र  सार्वजनिक भएपछि ओलीले यसबारे आफूलाई जानकारी नभएको बताएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् ।

स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले एसपिपीमा सामेल नहुने बताएको दाबी गरेका हुन् । तर, अहिले गठबन्धन सरकारले त्यसलाई ब्युँताउने काम गरेको ओलीको आरोप छ । 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।

दूतावासलाई सेनापतिले नभएर परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले पत्राचार गर्ने भन्दै उनले भने, ‘सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन, परराष्ट्र मन्त्रालयले, रक्षा मन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन ।’ 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १७:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया