जनभावनाअनुसार काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको चाहना र भावनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले चुनावमा गरिएका वाचा पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘जित्ने साथीहरुको जिम्मेवारी अझ बढी हुन्छ, हारेकाहरुले पनि जित्नेले गर्छ भन्ने होइन, तपाईंहरुले पनि सँगसँगै लाग्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताले चाहे भने जिताइदिन्छन्, चाहे भने हराइदिन्छन्, जनता मालिक हुन् ।’

यस्तै, जनप्रतिनिधिलाई कांग्रेस नेता रमेश लेखक, एनपी साउदलगायत नेताले पनि निर्देशन दिए । 

होटेल ओपेरामा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी भएका छन् । विश्वविद्यालयको कुलपतिको हैसियतमा उनी समारोहमा अध्यक्षताको आसन ग्रहण गरेका हुन् ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १८:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया