नागरिकता विधेयकबारे प्रतिपक्षीको सहमति जुटाउन दुई मन्त्री पुगे बालकोट

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ । 

दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । 

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १९:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया