पूजा र सोनमको ‘जरुरी कुरा छ’ सार्वजनिक

पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म सम्हालिन्छ कहिले मनको पहिलो गीत सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’ सार्वजनिक गरिएको हो । गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रहेको छ । 

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्म दुबईमा खिचिएको हो । भिडियो सौरभ लामाले छायांकन गरेका हुन् । 

भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा पूजा र सोनमसँगै आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायत कलाकारको अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मका अभिनेताका रुपमा डेब्यु गर्दै छन् । 

कार्यक्रममा नायिका पूजा शर्माले यो गीतका लागि आफू धेरै प्रतीक्षारत रहेको बताइन् । करिब ४ वर्षको प्रतीक्षापछि गीत रिलिज भएकोमा उनले खुसी व्यक्त गरिन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानको संगीत, शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड म्युजिक, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सहनिर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार २२:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया